जेठ १५ । उच्चस्तरीय राजनीतिक समितिको आज बिहानका लागि निर्धारित बैठक स्थगित भएको छ ।
४ दलका विरुद्ध सडकमा आन्दोलनरत ३३ दल बाहेक नै उनीहरुबीच रहेका विवाद मिलाएर निर्वाचनको मिति घोषणा गर्न भन्दै आज बस्ने भनिएको बैठक पनि स्थगित भएको हो ।
प्रमुख भनिएका चार दलबीच नै साना तिना कुरामा गम्भीर किसिमका विवाद रहेको कारण र ३३ दल सडकमा आन्दोलन गरिरहेकाले संविधानसभाको मिति भने झन् झन् अन्यौलमा पर्न थालेको छ ।
नयाँ बानेश्वरस्थित विघटित सेना समायोजन विशेष समितिको सचिवालयमा बिहान ९ बजेका लागि बैठक बोलाइए पनि भोलि अपराह्न ४ बजे बस्ने गरी बैठक स्थगित भएको बताइए पनि दलहरुबीच कुरा मिल्ने सम्भावना भने देखिदैन ।
आज गणतन्त्र दिवस परेको तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला कार्यक्रममा भाग लिन राजधानीबाहिर रहेकाले आजको बैठक स्थगित गरिएको जनाइएको छ ।
यसअघि आइतबारका लागि तय गरिएको समितिको बैठक पनि सभापति कोइराला अनुपस्थित भएपछि स्थगित भएको थियो ।
Powered by Blogger.
उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्न सकेन, निर्वाचनको मिति अन्यौलमा
प्रकाशित मिति:
May 29, 2013