१९ जनाको घेरा तोडी सुरुङ खनेर भागे ८ जना बन्दी कैदीहरु
बैशाख २९ । सुरक्षाका लागि खटिएका १९ जना प्रहरीको घेरा तोडेर शनिबार राती रोल्पाबाट आठ जना कैदी तथा थुनुवा भागेका छन् ।
गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दामा जेल सजाय भोगिरहेका उनीहरु गएराति प्रहरीको आँखा छल्दै भाग्न सफल भएका हुन् ।
यसरी सुरुङ खनेर भाग्नेमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक पुन रहेका प्रहरीले जनाएको छ ।
कैदीहरु ११ बजेतिर भागेको हुनसक्ने अनुमान प्रहरीले गरेपनि साढे १२ बजेतिर मात्रै उनीहरु भागेको प्रहरीले चाल पाएको थियो ।
कैदीहरु भागेपछि रोल्पामा उच्च सुरक्षा सतर्कता अपनाएर उनीहरुको खोजी भईरहेको छ ।

प्रकाशित मिति:
May 12, 2013