संविधानसभाको निर्वाचनमा गएर समय र अर्थको बर्बादी नगर : जनजाति महासंघ
जेठ १ । नेपाल आदिवासी जनजाति महासङ्घले नयाँ संविधानसभाको निर्वाचनमा गएर समय र अर्थको बर्बादी नगर्न आग्रह गर्दै विघटित संविधानसभालाई नै पुनःस्थापना गर्नुपर्ने माग गरेको छ ।
पहिचानसहितको सङ्घीय समावेशी संविधानका लागि नयाँ संविधानसभाको निर्वाचनभन्दा विघटित संविधानसभालाई नै पुनःस्थापना गर्नुपर्ने उसको भनाई छ ।
महासङ्घले नयाँ संविधानसभाको निर्वाचनमा गएर समय र अर्थको बर्बादी गर्नुभन्दा विघटित संविधानसभामा असहमति भएका बुँदामा सहमति खोजी संविधान जारी गर्न सुझाव दिएको हो ।

वैशाख २८, २९ र ३० गते चितवनको सौराहामा सम्पन्न महाङ्घको आठौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महाङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले अब पनि संविधानसभाको निर्वाचन गरी संविधान निर्माण हुन्छ भन्नु त सोझा जनताको आँखामा छारो हाल्नु बाहेक केही नहुने बताए ।
अधिवेशनले कुमालको अध्यक्षतामा १३ सदस्यीय नयाँ सचिवालय निर्वाचित गरेको थियो । साथै अधिवेशनले ३० बुँदे घोषणापत्र पनि जारी गरेको थियो ।
पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष कुमालले निर्दलीय चरित्रमा गठित वर्तमान सरकारप्रति असहमति प्रकट गर्दै समानुपातिक प्रतिनिधित्वको सङ्ख्यालाई घटाउने चार दलीय सहमतिमा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति:
May 15, 2013