पुँजी बजारसम्बन्धी सूचना अब ‘एप्स’मा
असार । मुलुकको पुँजी बजारसम्बन्धी सम्पूर्ण सूचना अब ‘मोबाइल एप्स’मा उपलब्ध हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले लगानीकर्ता र पुँजी बजारमा चासो राख्नेलाई लक्ष्यित गरी थालिएको उक्त एप्सको अर्थमन्त्री डा रामशरण महतले आज सुभारम्भ गरे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एप्सको सुभारम्भ गर्दै मन्त्री महतले सूचना प्रविधिको वर्तमान युगमा सम्भावित लगानीकर्तालाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न थालिएको एप्स सेवाबाट पुँजी प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
“नेप्सेले विद्युतीय कारोबारको प्रक्रियामा पनि शीघ्र सुरु गरोस् भन्ने सरकारको चाहना छ”, पुँजीबजारको विस्तारमा जोड दिँदै उनले भने । सूचीकृत कम्पनी, धितोपत्र व्यवसायी, लगानीकर्तालाई सुसूचित गर्न तथा पारदर्शिता कायम गर्न एप्स उपयोगी हुने विश्वास पनि मन्त्री महतले व्यक्त गरे ।्
नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले प्रस्तुत एप्सबाट पुँजीबजारसम्बन्धी सम्पूर्ण सूचना उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा विद्युतीय कारोबारमा जाने तयारीका साथ नेप्से अघि बढिरहेको बताए ।
प्रकाशित मिति:
July 05, 2015