जर्मन पढ्न गएकी २० वर्षिय कञ्चनको रहस्यमय मृत्यु
असार १२ । अध्ययनका क्रमा जर्मनी पुगेकी काठमाडौं जोरपाटी ५ दक्षिण ढोकामा बस्ने २० वर्षिय कञ्चन गुरुङको रहस्यमय मृत्यु भएको छ ।
काठमाडौंको काल्स डुईसवर्ग कन्सल्टेन्सीबाट गएको फागुनमा जर्मनी गएकी कञ्चनले त्यहाको एउटा घरमा काम गर्दै आएकी थिइन ।
गएको शनिबार बेलुकी काम गर्ने ठाउँमा परिवारसहित खाना खाएपछि कञ्चन हराएको बताइएको छ । आइतबार बिहान कञ्चनको शव पौडी पोखरीमा फेला परेको उनका दाजु सतिश गुरुङले बताएका छन् ।
परिवारले कञ्चनको विषयमा कुटनीतिक पहल गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति:
June 26, 2013