नेप्से ९ सय नजिक नजिक, ५६ करोडको कारोबार
जेठ २७ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक करिब १० अंकले बढेर ९ सयको हाराहारीमा पुगेको छ ।
८९६ सम्म पुगेको नेम्से बजार बन्द हुँदा भने ८९५ मा रोकिएको छ ।
मंगलबार कारोबार रकम पनि निक्कै बढेको छ । चार ब्रोकर कम्पनीको लिमिट आउट भएपनि ५६ करोड ६५ लाख रुपैयाँको सेयर मंगलबार किनबेच भएको छ ।
मंगलबार बैंकिङ समूहको परिसूचक भने ११.७४ अंक, बीमा समूह ८.५७ अंक, जलविद्युत् समूह ४३.५९ ले वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक पनि ५.८७ अंकले वृद्धि भएको छ ।
सेयर विश्लेषकहरुले चाँडै नै नेप्से ९ सय माथि रहने विश्लेषण गरेका छन् । अन्य समूहको सुचक निक्कै माथि पुगे पनि बैंकिंग समूह बढ्न सकेको छैन । तर, पछिल्ला दिनहरु नेप्से बढ्नुमा बैंकिंग समूहले लिडिंग गरिरहेको पाइएको छ ।
प्रकाशित मिति:
June 10, 2014