• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Bichar, Hot Issue, photo Gallary » छिः छिः छिः हिलाम्मे काठमाडौँ
छिः छिः छिः हिलाम्मे काठमाडौँ


जेठ २४ । राजधानी काठमाडौँ भन्ने बित्तिकै राजधानीबाहिरलाई खत्रा होला, सुविधा सम्पन्न होला, केहीको पनि अभाव नहोला भन्ने लाग्न सक्छ । तर, सानो तिनो नै किन नहोस् पानी परेको अवस्थामा राजधानीको जमल, त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा पुगियो भने सडकमा आएको बाढीले घण्टौँ रोकिनुपर्ने अवस्था अझै छ ।
ती क्षेत्रहरुमा सानो तिनो नै पानी परेमा पनि सडकमा बाढी बग्ने गर्दछ र त्यो सडकका पेटी पेटीसम्ममा दह झैँ हुने गर्दछ । जसले गर्दा सडक पेटीमा हिड्ने सर्वसाधरण समेत रोकिदै आएका छन् । त्यसो त ती क्षेत्रहरुमा पानी पर्दा घण्टौँसम्म ट्राफिक जाम हुदै आएको छ ।

आज पनि दिउँसोपख परेको पानीले राजधानीका जमल टेकु लगायत स्थानमा त्यस्तै जाम भयो र सर्वसाधरणले सास्ती सँधै झैँ भोग्नु पर्यो ।

हामी त्यहाँ पुग्दा ७, ८ जना ट्राफिक त्यहाँ खटिएका थिए । सँधै सँधै यस्तो जाममा सवारी चालकले खुट्टा माथि लगाएर हिड्नुपर्ने बाध्यताको विकल्प केही छैन भन्ने हेलोखबरको जिज्ञासामा एक प्रहरी अधिकारीले सरकारलाई व्यंग्य गर्दै भने अब ट्राफिकलाई एउटा डोजर दिनुपर्यो अनि सडक खनेर ढल पास गछौँ । नत्र त ढल बनाउनु पर्यो नि कि कसो ?

उनले ढलको उचित व्यवस्थापन नहुँदा यस्तो समस्या हुँदै आएको गुनासो समेत गरे ।

ती ट्राफिक अधिकारीले भने जस्तै सडक विभागले ढलको उचित व्यवस्थापन गर्न नसक्दा या नचाहँदा र सरकारले पनि त्यसमा ख्याल नगर्दा दुनियाले यसको सास्ती पटक पटक भोग्दै आउनु परेको हो । शुक्रबार दिउँसो परेको पानीपछि त्रिपुरेश्वर र टेकुको बीचमा रहेको भोटेबहालको सडकको दृश्य:













प्रकाशित मिति: June 07, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |