दूध बोकेको ट्याङ्कर त्रिशुलीमा खस्यो
जेठ २४ । बुटवलबाट दूध बोकेर काठमाडौ तर्फ आउँदै गरेको ट्याङ्कर पृथ्वीराजमार्ग अन्तर्गत जोगिमारा गाविस वडा न ९ ज्यामिरेघाटमा गएराति दुर्घटना हुँदा ट्याङ्करसहित दुई जना बेपत्ता भएका छन् ।
राति १२:३० बजे डिडिसीमा दूध ढुवानी गर्ने ग१घ ५४४ नम्बरको पहेँलो नम्बर प्लेटको ट्याङ्टर सडकबाट करिब ६५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्याङ्कर चालक सर्लाही घर भई बुटवल बस्दै आएका छत्रबहादुर थापा र अर्का एक यात्रुको पहिचान खुलेको छैन । ट्याङ्करका सहचालक प्रकाश पौडेलको सकुशल उद्धार गरिएको छ ।
प्रकाशित मिति:
June 07, 2013