अनिश्चितकालीन तराई बन्दको प्रभाव आज चौथो दिन पनि जारी
जेठ २४ । अनिश्चितकालीन तराई बन्दको प्रभाव आज चौथो दिन पनि जिल्लामा पूर्णरूपमा परेको छ । मुक्त कम्लरीलाई परिचयपत्र दिइनुपर्ने, जेठ १९ गते सिंहदरबार घेराउका क्रममा घाइते भएका कम्लरीको सरकारले उपचार गर्नुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेलगायत माग राखी मुक्त कम्लहरी सङ्घर्ष समितिले आह्वान गरेको हो ।
उक्त बन्दका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । यहाँका शिक्षण संस्था, उद्योग कलकारखाना, यातायात पूर्णरूपमा ठप्प भएका छन् । आन्दोलनरत पक्षले आफ्ना मागहरू सम्बोधन नहुँदासम्म बन्द जारी नै रहने बताएका छन् ।
मुक्त कम्लरी सङ्घर्ष समितिको कैलालीमा भने बन्द स्थगित गराएको छ । आज बिहानैदेखि कैलाली जनजीवन सामान्य बनेको छ । सरकारले कम्लरीको माग प्रति बेवस्था गरीरहेका कम्लरी सङ्घर्ष समितिले दुःख व्यक्त गरको छ ।
प्रकाशित मिति:
June 07, 2013