ट्रकको ठक्करबाट महोत्तरीमा एकको ज्यान गयो
जेठ १८ । महोत्तरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
महोत्तरीको सरपल्लो ८ मा ना २ ख ९६९६ नम्बरको ट्रकले ठक्कर दिँदा गुल्सन खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार भएका छन् ।
घटनापछि स्थानिसबासीले राजमार्गमा अवरोध गर्दै दोषीलाई कारबाहीको माग गरिरहेका छन् ।
प्रकाशित मिति:
June 02, 2013