पूर्वराजाको स्वागत द्वारमा तोडफोडपछि आगजनी, भ्रमण बिथोल्ने प्रयास
जेठ २७ । पूर्वराजा ज्ञानेन्द्र शाहको सोमबारका लागि तय भएको सप्तरी भ्रमणलाई विभिन्न दल निकट विद्यार्थी सङ्गठनले बिथोल्ने प्रयास गरेका छन् ।
पूर्वराजा शाहको स्वागतका लागि निर्माण गरिएको स्वागत द्वार आइतबार साँझ विद्यार्थीले तोडफोड गरी जलाइदिएका छन् । राजविराजका विभिन्न स्थानमा निर्मित एक दर्जन स्वागतद्वार उनीहरुले तोडफोड गरेका हुन् । सो क्रममा विद्यार्थीले पूर्वराजा शाहविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
सो क्रममा प्रहरीले मधेसी जनअधिकार फोरम नेपाल निकट विद्यार्थी सङ्गठनका केदार यादव र नेपाल विद्यार्थी सङ्घका पार्थो सरकारलाई पक्राउ गरेको छ । विद्यार्थीको आन्दोलन थप हिंसात्मक हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । रासस
प्रकाशित मिति:
June 09, 2013