खोलामा डुबेर एकको मृत्यु
जेठ २८ । खोलामा डुबेर झापामा एकजनाको मृत्यु भएको छ ।
चकचकी–७ बस्ने ५८ वर्षीय सानबहादुर लिम्बूको सोही ठाउँ भएर बग्दै गरेका अदुवा खोलामा सोमबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय व्यक्तिहरुले बगेको देखेपछि उद्धार गरे पनि लिम्बूको मृत्यु भइसकेको थियो ।
शव परीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा ल्याइएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
June 11, 2013