एमाओबादी पदाधिकारी चयनको विषय टुंगाउन बैठक सुरु
असार १४ । एकीकृत नेकपा माओबादी केन्द्रिय कमिटिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको बैठकले पदाधिकारी चयनको विषय टुग्याउने प्रबक्ता अग्नीप्रसाद सापकोटाले बताएका छन ।
स्रोतका अनुसार ११ जना पदाधीकारी सहित २ सय ९९ सदस्यीय केन्द्रिय समिति, ७६ सदस्यीय पोलिटव्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गृहकार्य गरेको बताइएको छ ।
एकीकृत माओवादी भित्रको सांगाठानिक बिबाद सहमतिमा मिल्न नसके मतदान प्रक्रियाबाट टुंगाउन शीर्ष नेतृत्वलाई सुझाव सहित लिएर बैठक सुरु भएको छ ।
प्रकाशित मिति:
June 28, 2013