बहराइन नेपाली दूतावासमा सुवेदी र ओमानका लागि अर्याल नियुक्त
असार ८ । सरकारले खाडी मुलुक बहराइन र ओमानमा राजदूतावास स्थापना गर्ने भएको छ ।
गत फागुन २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ती मुलुकमा स्थापना गरिने दूतावासमा कार्यवाहक राजदूतले सेवा प्रवाह गर्नेछन् । हालैको मन्त्रिस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयका उपसचिवद्वय दुर्गाबहादुर सुवेदी र झबिन्द्रप्रसाद अर्याललाई क्रमशः बहराइन र ओमानका लागि कार्यवाहक राजदूतमा नियुक्त गरिएको छ ।
अढाइ दशकदेखि परराष्ट्र सेवामा रहेका सुवेदीले यसअघि म्यान्मा, संयुक्त राष्ट्रसङ्घ र टोकियोमा र अर्यालले लन्डन, रियाद र ब्रसेल्समा सेवा गरिसकेका छन् । आगामी महिना दुवै जना कूटनीतिक कर्मचारी कार्यास्थलमा जाने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
June 22, 2013