पौडी खेल्ने क्रममा त्रिशुलीमा बेपत्ता लिलाको पनि शव फेला
असार ९ । केही समय अघि पौडी खेल्ने क्रममा कुरिनटार नजिक त्रिशुली नदीमा हराईरहेका मध्ये लिजाको पनि शव फेला परेको छ ।
त्रिवेणी नजिक नदी किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
लिजाका काका कमल रेग्मीले शव पहिचान गरी शनिबार राति अन्तिम संस्कार गरिसकिएको जानकारी दिएका छन् ।
यसअघि मानिकाको शव फेला परेका थियो भने अझै अन्य ३ जना हराईरहेका छन् ।
गत असार १ गते त्रिशुलीमा बेपत्ता हुनेमा लिजा, मोनिका, रजनी, अस्मिता र जनक राउत बेपत्ता भएका थिए । त्यसमा लिजा र मोनिकाको भने शव फेला परेको हो ।
प्रकाशित मिति:
June 23, 2013