पुस १८ देखि क्यान इन्फोटेकको २० औं संस्करण
मंसिर । क्यान इन्फोटेकको २० औं संस्करण पुस १८ गतेदेखि सुरु हुने भएको छ ।
काठमाडौं भृकुटीमण्डपमा काठमाडौं भृकुटीमण्डपमा हुने प्रदर्शनीको चार लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
अघिल्लो संस्करणको भने चार लाख ३१ हजार तीन सय ५० ले अवलोकन गरेका थिए । २० औं संस्करणमा कुल दुई सय २१ स्टल रहने भएको छ ।
सर्वसाधारणको लागि प्रदर्शनीको प्रवेश शुल्क एक सय रुपैयाँ रहेको छ भने बिधार्थीहरुको लागि भने ५० रुपैयाँ तोकिएको छ । अग्रिम टिकट लिन सकिने यो प्रदर्शनीको लागि अनलाइन मार्फत् टिकट काट्दा २५ प्रतिशत छुट दिने भएको छ । त्यस्तै, पुष २१ गते तोकिएको विजनेश डेको दिन भने प्रवेश शुल्क पुरै लाग्ने आयोजकको भनाई छ ।
प्रकाशित मिति:
December 11, 2013