कांग्रेस एमालेले एमाओवादीलाई भने, 'धाँधली भए अदालत जानुस्'
मंसिर २६। नेपाली कांग्रेस र एमालेले चुनावमा धाँधली भएको भए संविधान सभा निर्वाचन अदालत जान माओवादीलाई भनेका छन् ।
विवादित विषयहरुको समाधानका लागि छलफल गर्न आज बसेको उच्च स्तरीय राजनीति समितिको आज बसेको बैठकमा एमाओवादीलाई यस्तो सुझाव दिएका हुन् ।
दलहरु आ-आफ्ना अडानबाट पछि नहटेपछि बैठकमा कुनै सहमति भने हुन सकेन । माओवादीको प्रस्तावमा एमाओवादीसहितका मधेसी दल अडिग देखिएका थिए । जसलाई कांग्रेस एमालेले स्वीकार नगरेपछि सहमति जुट्न नसकेको हो ।
कांग्रेस र एमालेले समग्र निर्वाचनमाथि प्रश्न चिन्ह लगाउने गरी आयोग गठन गर्न नसकिने बताएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समग्र निर्वाचनमाथि नै प्रश्न उठाउने गरी आयोग बनाउने विषयमा आफूहरु सहमत हुनै नसक्ने ठोकुवा गरे । ठाउँ र घट्ना विशेषका आधारमा प्रक्रियागत ढंगले अगाडि बढ्न सकिने भने उनको भनाई छ ।
अब २९ गते फेरि बैठक बसेर सहमति खोजिने भन्दै नेताहरु बाहिरिएका थिए ।
प्रकाशित मिति:
December 11, 2013