तेस्रोलिंगी सेक्स सम्बन्ध अपराध : सर्वोच्च अदालत

मंसिर २६ । भारतको सर्वोच्च अदालतले समलिंगी र तेस्रोलिंगी सेक्स सम्बन्ध राख्नु अपराध हुने फैसला गरेको छ ।
दिल्ली उच्च न्यायालयले बुधबार समलैगिक यौन सम्बन्ध अपराधको रुपमा दर्ता हुने बिबिसीले उल्लेख गरेको छ ।
संविधानको धारा ३७७ बमोजिम समलैंगिक सम्बन्ध राख्नु अपराध हुने र समलैंगिक यौन सम्बन्ध राख्नेलाई १० वर्षको जेल सजाय हुने निर्णय गरेको छ ।
विभिन्न सामाजिक र धार्मिक संघ संस्थाको अपिललाई ध्यान दिदै यस्तो निर्णय गरेको हो ।
यस्तै तीन वर्षअघि दिल्लीको सर्वोच्च अदानतले दुई पुरुष वा दुई महिला यदि आपसी सहमतिमा बन्द कोठाभित्र यौन सम्बन्ध राख्छन् भने त्यसलाई अपराध नहुने निर्णय गरेको थियो। त्यस समयमा नै समलिंगी र तेस्रोलिंगी सेक्ससम्बन्धी कानुन पविर्तन गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति:
December 11, 2013