असार १२ । मोबाइल बोक्न युवादेखी बुढा सम्मलाई रहर र बाध्यता छ तर अहिले लोपोन्मुख जाती राउटेलाई पनि मोवाइलमा कुरा गर्न रहर लाग्ने गरेको सल्यानका राउटेमा पाइएको छ ।
जंगलमा बस्ने राउटेहरूले टेलिफोनमा कुरा गर्न रहर लाग्ने बताएका छन । उनीहरु बस्ने स्थानमा फोन नभए पनि फोन गर्न घन्टौं लगाएर फोन भएको स्थानमा आइपुग्दछन । सल्यान र सुर्खेतको सीमाना खानीखोलाको जंगलमा बस्दै आएका राउटेहरु अहिले सुर्खेतको गुमी गाविसमा आउने गरेको स्थानियहरु बताउछन ।
उनीहरुले फोनमा कुरा गर्न र हालखबर बुझिने भएकोले अत्यन्त रमाइलो हुने बताउछन ।आफ्नो बस्तीमा कुनै समस्या आए, उनीहरू राउटे उत्थान प्रतिष्ठानका पदाधिकारीलाई फोन गरेर जानकारी दिने गरेको हुन्छन ।
उनीहरु बस्तीमा लाई समस्या परेपछि फोन गर्न गाउमा आउने गर्दछन ।
अहिले उनीहरुले मोवाइल बोक्ने रहर भएको बताएका छन । चलाउन नजान्ने भएकोले समस्या पर्ने हो की भन्दै राउटेहरु डराउने गरेका छन ।
Powered by Blogger.
राउटेलाई मोबाइलको रहर, चलाउन नजान्ने भएकाले बिग्रने हो कि भन्ने डर
प्रकाशित मिति:
June 26, 2013