• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » उपराष्ट्रपति झा आज चीन जाँदै
उपराष्ट्रपति झा आज चीन जाँदै

जेठ २१ । उपराष्ट्रपति परमानन्द झा जनवादी गणतन्त्र चीनको दक्षिणपश्चिमी प्रान्त युनानको राजधानी कुनमिङमा आयोजना हुने ‘प्रथम चीन दक्षिण एसियाली व्यापार मेला’मा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नेछन् ।

उपराष्ट्रपति झाले यही जेठ २३ देखि २६ गतेसम्म कुनमिङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने उक्त व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । सोही दिन साँझ उनी कुनमिङबाट बेइजिङतर्फ प्रस्थान गर्ने तथा जेठ २४ गते आफ्ना चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन् ।

‘साझा सन्देश, व्यावहारिक सहयोग, सबैका लागि सकारात्मक परिणाम तथा मैत्रीपूर्ण विकास’ विषयक उक्त मेलामा दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका विशिष्ट व्यक्तिले भाग लिने मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मेलामा सहभागी हुने वरिष्ठ सरकारी अधिकृतहरूको टोलीको वाणिज्य एवम् आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले नेतृत्व गर्नुहुने छ भने ८० जनाभन्दा बढी नेपाली उद्यमी–व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् ।

व्यापार विस्तार, लगानी प्रवद्र्धनका साथै दक्षिण एसियाली मुलुकहरूबीच सहयोग एवम् व्यापारिक सम्बन्ध कायम गर्ने उद्देश्यले चीनको वाणिज्य मन्त्रालय र युनानको प्रान्तीय सरकारले संयुक्तरूपमा उक्त मेला आयोजना गरेको हो ।

उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी नविना झा, उपराष्ट्रपतिको कार्यालयका सचिव रवीन्द्रमोहन भट्टराई, स्वकीय सचिव कृष्णचन्द्र झा, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायत भ्रमणदलमा छन् ।

उपराष्ट्रपति झा जेठ २६ गते स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: June 04, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अ...

यी हुन् सात प्रदेशका सभामुखमा प्रति...

प्रदेश नं ५ को पहिलो बैठक आजदेखि, स...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |