अमेरिका जस्तो खुल्ला समाज भएको देशमा विकिनीमा फोटो सुट गर्दा जागिरबाट नै हात धुनु पर्यो भन्ने खबर सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । तर, फ्लोरिडाको मार्टिन काउन्टि हाई स्कुलकि शिक्षिका एवम् मोडेल ओली भिया स्प्रायरले विकीनिमा फोटो सुट गरेकै कारण विद्यालय व्यवस्थापन समितिले उनलाई जागिर निकालिदिएको छ ।
फोटो सुटकै कारण जागिर गुमेपछि अहिले स्प्रायर भने अहिले समाजसेवामा क्रियासिल बन्दै आएकी छन् ।
अंग्रेजीको राम्रो ज्ञान शलिन व्यवहार र सहज पढाउने शैलीका कारण विद्यार्थी बीच निकै लोकप्रिय रहे पनि कट्टर धार्मिक र सामाजिक सोचका कारण विद्यालयले उनलाई जागिरबाट निकालिदिएको हो ।
ओलिभाले आफूलाई अझै शिक्षिका पेशामै जीवन गुजारा गर्न मन लागेको बताएकी छन् ।
तर जागिरबाटै हात धुन बाध्य उनले मोडलिङलाई नै मुख्य पेशा बनाएर त्यसबाट प्राप्त भएको केही नाफा अंश समाजसेवामा खर्चने योजना बनाएको बताइएको छ ।
त्यसो त उनले आफूले मोडलिङ गरेको तस्विर बेचेर आएको केही रकमले अमेरिकाको आँधि पीडितलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
Powered by Blogger.
विकिनीमा फोटोसुट गर्दा विश्वविद्यालयको जागिर नै चट
प्रकाशित मिति:
June 02, 2013