चीनमा हिंसा भड्किंदा २७ मारिए, ३ जना घाइते
असार १२ । चीनको सुदूरपश्चिम सिन्जियाङ प्रान्तमा भड्किएको हिंसामा परी कम्तिमा २७ जना मारिएका छन् । स्थानीय समय अनुसार आज बिहान टर्वान प्रशासकीय क्षेत्रको लुक्वानमा हिंसा भड्किंदा मारिनेहरुमा ९ प्रहरी, ८ सर्वसाधरण र १० जना दंगा भड्काउने समूहका सदस्य छन् । घटनामा तीन जना घाईते भएका छन् ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार हतियारसहित आएको समूहले सर्वधारणमाथि जथाभावी चक्कु प्रहार गर्दै प्रहरी चौकी र सरकारी भवनहरुमा आक्रमण गरेपछि प्रहरीले उनीहरुमाथि गोली प्रहार गरेको थियो । हतियारधारी समूहले प्रहरीको गाडीमा समेत आगो लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।
सिन्जियाङ प्रान्तमा लामो समयदेखि मुश्लिम उइगुर र हान चिनियाँ समुदायबीचको जातिय तनाबका कारण भड्किएको हिंसामा सयौं मारिईसकेका छन् ।
प्रकाशित मिति:
June 26, 2013