बेहुलाका लागि हेलिकप्टर चार्टर, जन्तीका लागि ५५ वटा कार र तीन वटा बस
असार ३० । संस्कार, सँस्कृति, अनि समुदाय अनुसार फरक हुनुपर्ने हो कुरा । तर पैसा भए अर्कै र नभए अर्कै तरिकाको हुदोरहेछ भन्ने हिजोको एउटा घटनाले उजागर गरिदिएको छ ।
क्षेत्री युवा समाज चितवनका अध्यक्ष समेत रहेका भरतपुर–१२ थापाथली चोक निवासी रविशमशेर थापाले आफ्नो बिहेमा हेलिकप्टर चार्टर गरे भने जन्तीका लागि ५५ वटा कार र तीन वटा बस रिजर्भ गरेर बिहे गरेका छन् ।
कोही नेपालीलाई बिहान बेलुका हात मुख जोड्न धौँ धौँ परिरहेको बेला अर्को कुनै नेपालीको यस्तो बिहे भएपछि यसले निक्कै चर्चा पनि पिटेको छ ।
बेहुला एयर डाईनेस्टीको हेलिकप्टरमा बेहुली सजना पौडेलसँग लगनगाँठो कस्न लमजुङको बेशीशहरमा पुगे भने साँढे तीन सय जन्ती ५५ वटा कार र तीन वटा बसमा दुलहीको घर पुगेका थिए ।
उक्त हेलिकप्टर एक दिनका लागि ४ लाखमा रिजर्भ गरिएको थियो । वर्षाको समयमा पहिरोबाट जाँदा बाटो रोकिने भएकाले हेलिकप्टर रिजर्भ गरेको थापा परिवारको भनाई छ ।
प्रकाशित मिति:
July 14, 2013