• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चार ग्राम हिरोइनसहित केन्यामा आठ नेपाली महिला पक्राउ
चार ग्राम हिरोइनसहित केन्यामा आठ नेपाली महिला पक्राउ

असार २८ । अफ्रिकी मुलुक केन्यामा आठ नेपाली महिला चार ग्राम हिरोइनसहित पक्राउ परेको खबर समाचार संस्था सिन्ह्वालाई उदृत गर्दै अन्नपूर्णपोष्टले समाचार छापेको छ ।


केन्या प्रहरीले नैरोबीस्थित रात्रिक्लबबाट ती महिलालाई पक्राउ गरेको हो ।

समाचारमा उल्लेख भएबमोजिम माकेन बार तथा रेस्टुरेन्टमा बुधबार राति छापा मार्दा पक्राउ पर्ने १३ मध्ये आठजना नेपाली महिला रहेको त्यहाँका डिभिजनल पुलिस कमान्डर भिटालिस ओटिएनोले बताएका छन् ।

छानबिनका क्रममा रेस्टुराँ मालिक र उनकी पत्नीलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

पक्राउ परेका महिलासँग रेस्टुराँमा नभई अन्यत्र काम गर्ने अस्थायी अनुमति भएको केन्या प्रहरीले जनाएको छ ।

रात्रि क्लबमा उपस्थित अन्य सर्वसाधारणले ‘केही व्यक्तिले लागूऔषध सेवन गरेको’ जानकारी गराएपछि प्रहरीले छापा मारेको बताइएको छ ।

प्रकाशित मिति: July 12, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


चिनियाँ कम्पनीद्धारा निर्मित कलङ्की...

अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...

आज बेलुकी चन्द्रग्रहण, कुन राशिले ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |