• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

असार ३१ । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कैलालीको धनगढी स्थित शिवनगरमा गएराति जीप र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

प्रहरीका अनुसार राती ८ बजेतिर ना २ च ३५५४ नम्बरको जीप र से १ प १०८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीएको थिए ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार ४८ वर्षीय तीलादेबी चन्दको मृत्युको भएको र चालक केशब चन्द घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


गाडी चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी ऋषीराम कडेलले बताए ।

यस्तै उता भजनी–१ रजवाराका २७ वर्षीय सुरेन्द्र चौधरीको नदीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरीक्षक मिनबहादुर धामीले बताए ।

यसैगरी कैलालीकै मसुरिया–४ मुक्त कमैया शिबिरकी ३५ बर्षिय जानकी चौधरीको खोलामा डुबेर मृत्यु भएको छ ।

माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उता, शनिबार बझाङमा नदीमा बगेर बेपत्ता भएकि किशोरीको अवस्था अझै पनि अज्ञात रहेको छ । बेपत्ता हुनेमा मझीगाउ–५ सिप्टीकोटकी १९ बर्षिया अम्भीका रोकाया रहेकी छन् ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |