• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » किर्ते जालसाजी गर्ने जगदम्बाका व्यवस्थापक जेल चलान
किर्ते जालसाजी गर्ने जगदम्बाका व्यवस्थापक जेल चलान

साउन ३ । जिल्ला अदालत पर्साले बाराको सिमरास्थित जगदम्बा स्टिल्स प्रालिका कार्यकारी निर्देशक रोसित उन्नितथान र महाप्रबन्धक कमलजीत बर्मालाई किर्ते जालसाजीको अभियोगमा पूर्पक्षका लागि जेल चलान गरेको छ ।
पूर्वकर्मचारी ओमप्रकाश बैठालाई भने धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

पर्सा जिल्ला अदालतले आज बैठालाई रु ५ लाख घरौटीमा छाड्न र अन्यलाई कारागार चलान गर्न आदेश दिएको हो । उन्नितथान र बर्मा भारतीय भएकाले धरौटीमा छाड्न नमिलेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले बताए ।

गाडी खरिदको कागज र छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई प्रहरीले थुनछेक बहसको लागि अदालतमा उपस्थित गराएको थियो ।

जगदम्बाले मोडल नम्बर २००५ को सिट संख्या ७ भएको महेन्द्रा स्कारपियो गाडी वीरगन्ज भन्सारबाट २०६८ पुस ७ गते लिलामी सकार गरेकामा किर्ते गरी मोडल नम्बर २०१० र सिट संख्या ९ बनाई ना२च ४६६२ नम्बरमा दर्ता गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । रासस

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |