• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » पारसको कप्तानीमा क्रिकेट टोली तयार
पारसको कप्तानीमा क्रिकेट टोली तयार

साउन ३ । भदौ १ देखि ९ गतेसम्म सिङ्गापुरमा सञ्चालन हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले पारस खड्काको कप्तानीमा १९ खेलाडी सम्मिलित राष्ट्रिय टोली तयार गरेको छ ।

क्यानका सचिव उत्तमकुमार कर्माचार्यका अनुसार सङ्घले आयोजना गरेको बन्द प्रशिक्षण शिविरबाट मुख्य १५ तथा चार वैकल्पिक खेलाडी रहेको उक्त टोली तयार गरिएको हो ।


छनोटमा पर्न सफल खेलाडीमा ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद् भेषावकर, सुवास खकुरेल, अविनाश कर्ण, पृथु बाँस्कोटा, शक्ति गौचन, राहुल विश्वकर्मा, वसन्त रेग्मी, रामनरेश गिरी, प्रदीप ऐरी, सागर पुन, विनोद भण्डारी, चन्द्र साउद र अनिल मण्डल छन् । त्यसैगरी छनोटमा परेका वैकल्पिक खेलाडीमा अमृत भट्टराई, सञ्जम रेग्मी, नरेश बुढा ऐर र महेश क्षेत्री छन् ।

पचास ओभरमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, युएइ र आयोजक राष्ट्र सिङ्गापुर समावेश छन् ।

यसैबीच प्रतियोगिताको तयारीका लागि क्यानले क्रिकेट खेलाडीलाई अभ्यास खेल खेलाउन श्रीलङ्का पठाउने भएको सचिव कर्माचार्यले बताए । टोलीलाई यही साउन १७ देखि ३० गतेसम्म श्रीलङ्काको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलाई त्यतैबाट सिङ्गापुर पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |