• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पद नछाड्नुस् भन्न गएकालाई भट्टराईले भने- 'पदलोलुप प्रवृत्ति ठीक हैन भनेर पद छाडेको हुँ'
पद नछाड्नुस् भन्न गएकालाई भट्टराईले भने- 'पदलोलुप प्रवृत्ति ठीक हैन भनेर पद छाडेको हुँ'

असार ३१ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले आफूले पार्टीभित्र विवाद उत्पन्न भएका कारण पदत्याग गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

पदत्याग फिर्ता लिनका लागि दबाब दिन डा. भट्टराईकै निवास सानेपा पुगेको अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसमक्ष उनले पार्टीभित्र विधि बसाल्न र नेपाली राजनीतिमा देखिएको पदलोलुप प्रवृत्ति ठीक छैन भन्ने देखाउन पद त्याग गरेको हो भने ।

उनले पार्टीभित्र कुनै विवाद नरहेको र पार्टीको जुनसुकै जिम्मेवारीमा रहेर काम गर्न आफू तयार रहेको समेत जानकारी दिएको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जागृत रायमाझीले बताए ।


पार्टीलाई एकीकृत र मर्यादित बनाउन आफ्नो तर्फबाट विशेष योगदान रहने स्पष्ट पार्दै डा भट्टराईले आफूले पार्टी नछाडेको, पार्टीमै रहेको र पार्टीलाई नै व्यवस्थित बनाउन विशेष रूपमा लागि पर्ने बताएका थिए ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिले केही समय पहिले पद त्याग गरेका उपाध्यक्ष डा भट्टराईलाई सो निर्णय फिर्ता लिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

पार्टीमा पद्धति बसाल्नका लागि निश्चित उमेर पुगेपछि पदबाट हट्नु उपयुक्त भए पनि अहिल्यै त्यो समय नभइसकेको भन्दै क्रान्तिकारीले ध्यानाकर्षण गराएको उपाध्यक्ष रायमाझीको भनाइ छ ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |