एमाओवादी चुनाव भाड्ने षड्यन्त्रमा : गौतम
असार,२५( रासस ) । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसकेन्द्रित दलले संविधानसभाको निर्वाचन नचाहेको आरोप लगाएका छन ।
मंगलवार कैलालीको अत्तरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले निर्वाचनका लागि एमाले चुनावी अभियानमा गाउँ पसिसकेको बताउँदै कांग्रेस, एमाओवादी र अन्य दल अझै गाउँ पसिनसकेको अवस्थाले निर्वाचन नहुन दिने षड्यन्त्र भइरहेको आशङ्का व्यक्त गरेका छन ।
उनले वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउन नसके त्यसपछि बन्ने सरकारले निर्वाचन गराउन
नसक्ने बताएका छन ।
प्रकाशित मिति:
July 09, 2013