• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » बंगलादेशमा ९० वर्षका व्यक्तिलाई ९० वर्ष जेल सजाय
बंगलादेशमा ९० वर्षका व्यक्तिलाई ९० वर्ष जेल सजाय

असार ३१ । बंगलादेशमा एउटा युद्ध अपराध अदालतले स्वतन्त्रताका लागि पाकिस्तानबाट १९७१ मा लडेका एक इस्लामी ९० वर्षिय नेता गुलाम आजमलाई दोषी सावित गर्दै ९० वर्षको जेल सजाय सुनाएको छ ।

गुलाम आजमले युद्धका क्रममा हजारौँ मानिसहरुको हत्या र बलात्कार गरेको आरोपमा अदालतले उनलाई ९० वर्षको सजाय सुनाएको हो ।

आजामले यो फैसलाको अस्वीकार गरेका छन् । फैसलाको विरोधमा राजधानी ढाका लगायत अन्य थुप्रै ठाउँमा विरोध प्रदर्शन समेत भएको छ ।
आजम आवद्ध रहेको पार्टी जमात ए इस्लामीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा त्यहाँ सयौँ मानिसहरु घाइते समेत भएको बिबिसीले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरी रबरका गोली समेत चलाएको छ ।
आजम १९६९ देखि २००० सम्म जमात ए इस्लामी नेता थिए । उनलाई त्यहाँ आध्यात्मिक नेताका रुपमा लिइने गरिन्थ्यो ।

उनले पाकिस्तान र बंगलादेश विभाजन भएको कडा विरोध गर्दै आएका थिए । स्वतन्त्रता संग्रामका दौरानमा भएको घटनालाई लिएर अपराधी घोषित गरेको भन्दै आजामको पक्षमा ठूलो संख्यामा समर्थन रहेको छ । - एजेन्सीको सहयोगमा

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |