अमेरिका छिर्दै गरेका १० जना नेपाली पक्राउ
साउन । मेक्सिको भएर अमेरिका छिर्दै गरेका १० जना नेपालीलाई मेक्सिकोमा प्रहरीले पक्राउ गरेको छ ।
चियापास राज्यमा दश नेपालीसहित अन्य मुलुकका ९४ जनालाई केही दिन अगाडी पक्राउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ग्वाटेमालाबाट अमेरिका तर्फ ट्रकमा खचाखच कोचेर जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकांशलाई चोटपटक समेत लागेको बताइएको छ ।
प्रकाशित मिति:
July 27, 2013