• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » भट्टराईले जितेको क्षेत्रमा उनले पाएको भोट भन्दा २ हजार ४ सय ५० मतदाता कमी
भट्टराईले जितेको क्षेत्रमा उनले पाएको भोट भन्दा २ हजार ४ सय ५० मतदाता कमी

साउन २ । यसअघि भएको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याएर जितेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा अहिले फोटोसहितको मतदाता नामावली दर्ता गराउनेहरु उनले यसअघि ल्याएको भोट भन्दा पनि कम भएको खुल्न आएको छ ।

अघिल्लो चुनावमा भट्टराईले ४६ हजार दुईसय ७२ मत ल्याएका थिए । तर चुनावमा भट्टराईले जितेको गोरखा क्षेत्र नम्बर २ मा यसपटक ४३ हजार आठ सय २२ जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यो संख्या उनले पाएको मत भन्दा २ हजार ४ सय ५० मतदाता कमी हो ।

उक्त क्षेत्रमा अघिल्लो चुनावका तुलनामा ४२ हजारभन्दा बढी मतदाता घटेका हुन् । २० गाविस रहेको उक्त क्षेत्रमा अघिल्लो पटक ८५ हजार दुईसय ४३ मतदाता थिए । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ५७ हजार नौ सय पाँच मत खसेको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |