• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » युएईमा नेपाली कामदारको वार्षिक ७८ करोड ७५ लाख बच्यो
युएईमा नेपाली कामदारको वार्षिक ७८ करोड ७५ लाख बच्यो

साउन २ । वैदेशिक रोजगारीका एउटा राम्रो देश मानिएको संयुक्त राज्य अरब इमिरेट्स (युएई) मा नेपाली कामदारको वार्षिक ७८ करोड ७५ लाख बच्ने भएको छ ।

युएईका कम्पनीहरूले आफ्नो कम्पनीमा कार्यरत कामदारको अस्थायी बसोबास अर्थात् राष्ट्रिय परिचय–पत्र इमिरेट्स आईडी बनाउँदा लाग्ने खर्च आफैंले बेहोर्न सुरु गरेपछि नेपालीहरुको उक्त रकम बच्ने भएको हो ।

यूएईका राजा सेख महमदले सन् २०१३ देखि आफ्नो देशमा कार्यरत कामदारले आईडी बनाउँदा व्यक्तिगत रूपमा बेहोर्दै आएको वार्षिक एक सय ४० दिराम कामदारले नभई कार्यरत कम्पनी स्वयंले नै बेहोर्नुपर्ने घोषणा गरेपछि यस्तो हुन गएको हो ।

राजा सेखले सन् २०१३ को सुरुदेखि नै कामदारलाई यस्तो रकम भुक्तान गर्न नलगाउन र कम्पनी स्वयंले बेहोर्न निर्देशन दिए पनि हाल आएर मात्र कार्यान्वयनमा आएको हो ।

कम्पनीहरूले सो रकम बेहोर्न थालेपछि कामका लागि विभिन्न मुलुकबाट युएई आएकाहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |