• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » बेलायतको सडक र सागरमा नेपाली आधी बाटो
बेलायतको सडक र सागरमा नेपाली आधी बाटो

साउन । बेलायतका मनमोहक दृश्यहरु हलिउडमा कहिल्यै पनि छुट्दैनन् । बलिउडले पनि सक्दो त्यहाँका दृश्यहरु आफ्ना क्यामेरामा कैद गरिरहेकै हुन्छ । तर आर्थिक रुपमा केही पछाडी र दर्शक पनि अलिक थोरै भएको कलिउड पनि बेला मौका त्यहाँ पुग्ने गरेको छ ।
त्यस्तै युरोपमा बस्दै आएका रमेश त्वयना आफ्नो चलचित्र आधी बाटोमा बेलायतका दृश्यहरु भराउन भ्याएका छन् ।

उनको पाँचौँ नेपाली चलचित्र ‘आधी बाटो’ को बाँकी दश प्रतिशत छायांकन बेलायतका विभिन्न ठाउँमा भएको हो । दुई साता अघि बेलायत आएर फिल्म निर्माण टोलीले यूकेमा खिच्नुपर्ने सम्पुर्ण दृश्य सकिसकेको छ ।


नेपाली चलचित्र नचलीरहेको अवस्थामा विश्वको महगो शहर लण्डनमा आएर छायांकन गर्नु चुनौती भएता पनि कथामा केही अंश ब्रिटिश आर्मीसंग सम्वन्धित भएकोले बेलायत नै रोज्नुपरेको निर्माता त्वयनाले बताए साथै आजसम्म नेपाली चलचित्रमा नदेखाइएको बेलायतका रमणीय दृश्य यस चलचित्रमा देख्न पाइनेछ र दर्शकले मज्जा लिनुका साथै ‘आधी बाटोले’ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार गर्नेमा आफु विश्वस्त रहेको बताए ।


बेलायत रहँदा सिनेमाटोग्राफर एवं व्यवस्थापक कुशल श्रेष्ठले लन्डन, ब्ल्याकपुल, ग्रीनवीच युनिभर्सिटी, ब्राइटन लगायत विभिन्न ठाउँका रमणीय दृश्यहरु क्यामरामा कैद गरे ।


चलचित्रमा समावेश ‘यो मेरो मन उडेर जाउँ भन्छ कहां’...बोलको एउटा गीतमा पनि सुटिङ भयो । सुटिङका लागि नेपालबाट नायिका जेनिसा केसी पनि आएकी थिइन् । केसीको ब्राइटन वीचमा समेत सुटिङ गरिएको श्रेष्ठले जनाए ।


लन्डन ब्रीजमा समूह नृत्य छायांकनका क्रममा केही रोकावट भएको श्रेष्ठले जनाए । उक्त गीतमा सुरेश श्रेष्ठको कोरियोग्राफी छ । जेनिसाको बुवाको भूमिकामा बेलायतमै बस्दै आएका कृष्ण तुलाचनले अभिनय गरेका छन भने बेलायतमा आफ्नो स्थान बनाइसकेका मोडल दिनेश कार्कीले पिटरको भुमिकामा अभिनय गरेका छन् । फिल्म निर्देशनमा मनिष श्रेष्ठले सघाएका थिए ।



सविर श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा यस कुमार, जेनिशा के।सी, सविन श्रेष्ठ, अनु शाह, धिरेन शाक्य, रुवि राणा लगायतको प्रमुख भुमिका रहेको छ ।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |