अमेरिकाको डेट्रोइट सहर टाट पल्टियो
साउन ५ । अमेरिकाको मिचिगन राज्यको डेट्रोइट सहर आर्थिक संकटका कारण टाट पल्टिन पुगेको छ । १८ अर्ब डलरभन्दा बढी ऋणमा डुबेपछि सहर टाट पल्टिएको हो ।
सो शहरमा घट्दो जनसंख्या, राज्यकोषको दुरुपयोग, आम्दानी र रोजगारमा कमी आएसँगै आथिक स्थिति फितलो बन्न पुगेको हो ।
उक्त सहरको आर्थिक स्थिति नाजुक बनेपछि सहरका मेनेजर केविन ओरले टाट पल्टिएको घोषणा गर्न माग गर्दै अदालतमा कागजात बुझाईसकेका छन् ।
सहरको दीर्घकालिन ऋण १७ अर्ब देखि २० अर्ब डलरको बीचमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
डेट्रोइट शहरमा एक दशकमा मात्रै जनसंख्या १८ लाखबाट ७ लाखमा झरेको छ । त्यहाँ ठूलो जनसंख्या कर नतिरी पलायन भएको छ ।
यसअघि पनि सहरका विभिन्न भवन बेचेर कर तिर्दै आएको डेट्रोइट शहरको अन्तिम विकल्प स्वरुप कुनै उपाय नलागे पछि टाट पल्टिएको घोषणाका लागि अदालत पुगेको हो ।
मोटरकारको दुनियाँमा चर्चित फोर्ड र डाज जस्ता मोटर कारखाना रहेको सो शहरको जनसंख्यामा आएको गिरावट र कार उद्योग धराशायी हुनु टाट पल्टिनुको मुख्य कारण रहेको एजेन्सीहरुबाट प्राप्त समाचार तथा विश्लेषणमा उल्लेख गरिएको छ ।
राज्य सरकारले ऋणीसँगको लामो अदालती लडाइँ र लामो समयदेखि समस्यामा रहेको सहरलाई पुनर्जीवित गर्नका लागि आर्थिक संकटकालको घोषणा पहिलो कदम भएको बताएको बेला अमेरिकी राष्ट्रपतिको कार्यालयले भने सुक्ष्म अध्ययन गरिरहेको बताइएको छ ।
भिडियो

प्रकाशित मिति:
July 20, 2013