• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » डिसहोम नेपालले इन्टेलस्याटलाई पैसा नतिरेपछि लाइन काटियो
डिसहोम नेपालले इन्टेलस्याटलाई पैसा नतिरेपछि लाइन काटियो

साउन ३ । डिसहोम नेपालले डिस मिडियालाई स्याटलाइट सिग्नल बिक्री गर्ने सिंगापुरको कम्पनी इन्टेलस्याटलाई पैसा नतिरेपछि सिग्नल काटिदिएको छ ।

सिग्नल काटिएपछि २ लाख ग्राहक प्रभावित भएका छन् । ‘डाइरेक्ट टु होम९डिटिएच०’ सेवा सञ्चालक डिस मिडिया नेटवर्क नेपालको एकमात्र स्याटलाइट प्रसारण प्रणाली प्रसारण सेवा हो ।

इन्टेलस्याटले सिग्नल काटिदिएपछि डिस मिडियाले डिसहोम ब्रान्डमा सञ्चालन गरिरहेको डिटिएच सेवा पूर्णरुपमा बन्द भएको हो ।

समयमा रकम नबुझाएको डिस मिडियालाई बारम्बार ताकेता गर्दा पनि भुक्तानी नदिएपछि यस्तो हुन गएको स्रोत बताउँछ ।

सेवा बन्द हुदा नेपालभरका २ लाख २० हजार ग्राहकले डिसहोमको डीटीएचमार्फत कुनैपनि टेलिभिजन च्यानल हेर्न पाएका छैनन्। डीटीएच सेवामा नेपाली च्यानल समेत स्याटलाइटमार्फत सिग्नल तानेर वितरण हुँदै आएकाले स्वदेशी च्यानल हेर्नबाट समेत ग्राहक बञ्चित भएका छन्।

डिसहोमका ग्राहकले डिटिएच सेवामार्फत ७० भन्दा बढी च्यानल हेर्दै आएका छन्।

कम्पनीले स्याटलाइट शुल्क बापत मासिक एक करोडभन्दा बढी रकम बुझाउदै आएको बताइन्छ ।

तर कम्पनीले भने पैसा नतिरेर लाइन नकाटिएको भई स्याटलाइट सेवाप्रदायक परिवर्तन गर्न लागेकाले सेवा अवरुद्ध भएको बताएको छ ।



प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |