पूर्व मन्त्रीकी छोरीद्धारा घरमै झुण्डिएर आत्महत्या
असार ३० । पूर्व उद्योगमन्त्री अनिल कुमार झाकी १७ बर्षिया छोरी श्वेताले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
संघीय सद्भावना पार्टीका अध्यक्ष समेत रहेका झाकी छोरी श्वेताले काठमाडौं रानीवारीस्थित आफ्नै घरमा शनिवार बिहान आत्महत्या गरेकी हुन् । उनी भारतीय दूताबासको काठमाडौंस्थित केन्द्रीय विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
झुण्डिएर आत्महत्या गरेकी उनले कुनै सुसाइड नोट नछाडेको बताइएको छ । झाको शनिबार बेलुकी पोष्टमार्टपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
बा अनिला झा, आमा डिम्पल झा र भाई उज्वलको साथमा रहँदै आएकी स्वेता परिवारकै प्यारी थिइन् । सुत्न जाने बेलामा जिस्काउँदै सुत्न गएको बताइने श्वेताले किन आत्महत्या गरिन् भन्नेबारे केही पनि खुल्न सकेको छैन ।
बिहान आठ बजेतिर आफ्नै कोठामा छिरेकी श्वेता खाना खाने बेलासम्म बाहिर ननिस्केपछि लामो समयसम्म ढोका ढक्ढक्याउँदा पनि नखोलेपछि ढोका फोडेर भित्र पस्दा उनी झुण्डिएको अवस्थामा फेला परेको परिवारको भनाई छ ।
फोटो : श्वेताको फेसबुकबाट |

प्रकाशित मिति:
July 14, 2013