• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कोइरालाको स्कर्टिङमा गन्डागर्दीका मान्छेको ओइरो, डिआइजीको कपडा च्यातियो
कोइरालाको स्कर्टिङमा गन्डागर्दीका मान्छेको ओइरो, डिआइजीको कपडा च्यातियो

असार ३० । अमेरिकामा स्वास्थ्य परिक्षण गराएर फर्किएका कांग्रेस सभापति सुशिल कोइरालालाई न्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज ल्याउन गुण्डागर्दीको ओइरो लागेको छ ।

शनिबार दुईसातापछि स्वदेश फर्किएका कोइराला प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेका थिए ।

कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीडमा काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए ।

स्वागत गर्ने क्रममा कार्यकर्ता तथा गुण्डागर्दी गर्नेहरुको भीडलाई नियन्त्रण लिने क्रममा विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा समेत च्यातिन पुगेको छ ।

त्यहाँ पुग्नेहरुमा डन रोज राणा, सञ्जीव स्याल लगायतको समुह त्यहाँ पुगेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । उनी पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए ।

राणा, स्यालमात्र नभएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा थियो । ट्राफिक नियम उल‌ंघन गर्दै एउटै मोटरसाइकलमा तीनजनासमेत बसेर उनीहरुले कोइरालालाई प्रहरीभन्दा अघिअघि स्कर्टीङ गरेका थिए । तर, देउवानिकट मानिने कुमार घैटे,पूर्ण गुरुङलगायत भने गएका थिएनन् भनेर उक्त पत्रिकाले खबर छापेको छ ।

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |