कोइरालाको स्कर्टिङमा गन्डागर्दीका मान्छेको ओइरो, डिआइजीको कपडा च्यातियो
असार ३० । अमेरिकामा स्वास्थ्य परिक्षण गराएर फर्किएका कांग्रेस सभापति सुशिल कोइरालालाई न्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज ल्याउन गुण्डागर्दीको ओइरो लागेको छ ।
शनिबार दुईसातापछि स्वदेश फर्किएका कोइराला प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेका थिए ।
कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीडमा काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए ।
त्यहाँ पुग्नेहरुमा डन रोज राणा, सञ्जीव स्याल लगायतको समुह त्यहाँ पुगेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । उनी पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए ।
राणा, स्यालमात्र नभएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा थियो । ट्राफिक नियम उलंघन गर्दै एउटै मोटरसाइकलमा तीनजनासमेत बसेर उनीहरुले कोइरालालाई प्रहरीभन्दा अघिअघि स्कर्टीङ गरेका थिए । तर, देउवानिकट मानिने कुमार घैटे,पूर्ण गुरुङलगायत भने गएका थिएनन् भनेर उक्त पत्रिकाले खबर छापेको छ ।
प्रकाशित मिति:
July 14, 2013