• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » I-phone ले लियो ज्यान, तपाई पनि होसियार !
I-phone ले लियो ज्यान, तपाई पनि होसियार !

साउन । तपाईसँग पक्कै पनि आईफोन तथा मोबाइल हुनैपर्छ । अनि के तपाईले चार्जमा राखेको बेला फोनमा कुरा गर्ने गर्नु भएको छ ? त्यसो भए होसियार ! त्यसरी चार्जमा राखिएको बेला कुरा गर्दा ज्यान समेत जान सक्छ ।

चीनमा केही दिन अघि मात्रै यस्तै घटना घटेको छ । जहाँ एक एयरहोस्टेजले चार्जमा भएको आईफोनमा फोन आएपछि उठाएर कुरा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

एप्पलको सर्बाधिक बिक्रि भएको आइफोनले चीनको उत्तरपूर्वी सहर सिजियाङमा २३ वर्षिया मा आइलुयिनको ज्यान लिएको हो ।

मृत आइलुयिन

उनको मृत्युपछि आइलुयिनकी दिदीले एक सामाजिक संजालमा स्ट्याटस पोष्ट गर्दै चिनिया साउर्दन एयरलाइन्समा एयरहोस्टेजका रुपमा कार्यरत आफ्नी बहिनीको आईफोनमा करेन्ट लागेर मृत्यु भएको जानकारी गराएकी थिइन् ।

उनले चिनियाँ सामाजिक सञ्जालमा लेखेको उक्त स्टाटसमा 'मलाई आशा छ, एप्पलले हामीलाई यसको कारण खुलाउनेछ। मलाई यो पनि आशा छ मोबाइल चार्ज गरिरहँदा तपाइँहरुले कुराकानी गर्नुहुने छैन ।' भनेर उल्लेख गरेको एजेन्सीहरुले जनाएका छन् ।

एप्पलले आइलियनको मृत्युप्रति दुःख प्रकट गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ भने यस घटनाको बारेमा सूक्ष्म रुपमा छानबिन गर्ने बताएको छ ।

आइलुयिन गत डिसेम्बरमा आइफोन ५ किनेको बताइएको छ ।

यता, चिनियाँ समाचार संस्था सिन्ह्वाको एक रिपोर्टमा मोबाइलको चार्जरबाट निक्कै कम ३ देखि ५ भोल्ट सम्म हुने भएकोले यसले मानिसलाई कुनै असर नगर्ने उल्लेख गरेको छ ।

यद्यपी, विश्वमा कहिले कहीँ मोबाइल तथा आइफोनमा चार्ज गरिरहेको अवस्थामा कुरा गर्ने क्रममा करेन्ट लागेर र कहिले पड्किएर मृत्यु हुने गरेको खबरहरु भने आईरहेका हुन्छन् ।

विज्ञहरुले यसको सजिलो समाधानको उपाय भने चार्ज गरेको बेला फोनमा कुरा नगर्नु नै हो भन्छन् ।


प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |