• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मोबाइल चोरेको भन्दै कुटपिट गर्दा १२ वर्षकी बालिकाको मृत्यु
मोबाइल चोरेको भन्दै कुटपिट गर्दा १२ वर्षकी बालिकाको मृत्यु

साउन ४ । मोबाइल चोरेको भन्दै कुटपिट गर्दा सप्तरीको बैरबा गाविसमा एक बालिकाको मृत्यु भएको छ ।


सप्तरीको बैरबा गाविस–३ की संगीता पौडेलको कुटाइबाट जगतपुर गाविस–४ की १२ वर्षीया तारो खङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नो मोबाइल चोरेको भन्दै संगीताले तारोलाई बुधबार साँझ कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी तारोलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । प्रहरीले संगीतालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

जगतपुर गाविस–४ का ठण्डा खङ्गकी छोरी तारो बैरबा गाविस–३ स्थित आफ्नै मामा नन्दकिशोर खङ्गको घरमा बस्दै आएकी थिइन् ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |