स्थानीय युवाबीच झडप, छुरा प्रहारबाट युवकको मृत्यु
साउन ३ । धनकुटाको आहाले–६ स्थित चाँदीबजारमा साउने सङ्क्रान्तिमा लाग्ने राँके मेलामा स्थानीय युवाबीच झडप हुँदा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा आहाले–४ का २४ वर्षीय भवीराम राई रहेका छन् ।
बुधबार राति ११:०० बजे भएको झडपमा विष्णुपादुका सुनसरीका देवदास निरौलालगायतको छुरा प्रहारबाट राईको देब्रे छातीमा गहिरो चोट लागेको थियो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको स्थानीयवासी हरिकुमार राईले बताए ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्ययले जानकारी दिए ।
प्रकाशित मिति:
July 18, 2013