हिजो ७ सय घटेको सुनको भाउ आज ५ सय बढ्यो
असार २४ । नेपाली बजारमा साताको पहिलो दिन हिजो ७ सय ५० ले घटेको सुनको भाउ आज भने ५ सयले उकालो चढेको छ ।
शुक्रबारको तुलनामा ७ सय ५० ले घटेर आइतबार तोलामा ४८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदी पनि ५ रुपैयाँले बढेर तोलाको ८ सय ५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति:
July 08, 2013