• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » बाबुराम भट्टराईको जिल्लामा १ लाख १५ हजार मतदाता कमी
बाबुराम भट्टराईको जिल्लामा १ लाख १५ हजार मतदाता कमी

साउन २ । निर्वाचन आयोगमा नाम दर्ता गराउने अन्तिम दिनसम्म गोरखामा एक लाख ३४ हजार ८७१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

सो सङ्ख्या संविधानसभा निर्वाचन २०६४ सालमा भन्दा एक लाख १५ हजार ७४ जनाले कमी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अशोक कोइरालाले बताए ।

यसअघि गोरखाको निर्वाचन क्षेत्र नं १ मा ८८ हजार ११७, क्षेत्र नं २ मा ८५ हजार २४३, क्षेत्र नं ३ मा ७६ हजार ५८५ मतदाता थिए । यस पटक सोमबारसम्म क्षेत्र नं १ मा ५० हजार १७, क्षेत्र नं २ मा ४३ हजार ८२२ र क्षेत्र नं ३ मा ४१ हजार ३२ रहेका छन् ।

मतदाताको सङ्ख्या घट्नुको कारण मृत्यु, बसाइसराइ र वैदेशिक रोजगारीमा जानु रहेको नेपाली काँग्रेस गोरखाका सभापति हरिबहादुर घले बताउँछन् ।

कतिपय मानिसहरू खेतीपातीको काम नसकेर नामावली दर्ता गर्ने स्थानसम्म नआएको एमाले अध्यक्ष रामशरण बस्नेतको भनाइ छ । मतदाता नामावली सङ्कलन गर्ने समय थप गर्नुपर्ने एनेकपा (माओवादी)का नेता लेखबहादुर थापाको भनाई छ ।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |