• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » स्कुलको विषाक्त खाना खाँदा भारतमा २१ बालबालिकाको मृत्यु
स्कुलको विषाक्त खाना खाँदा भारतमा २१ बालबालिकाको मृत्यु

साउन २ । पूर्वी भारतको बिहार राज्यमा एक सार्वजनिक विद्यालयमा विषाक्त खानेकुराबाट ज्यान गुमाउने बालबालिकाको सङ्ख्या २१ पुगेको छ ।

स्थानीय प्रहरी स्रोतले बुधबार जनाएअनुसार विद्यालयमा खाना बनाउने एक महिलासहित करिब ३० व्यक्ति अझै सो विषाक्त खानेकुराको सेवनपछि बिरामी परेका छन् ।

ती सबैलाई बिहारको राजधानी पटनास्थित पटना मेडिकल कलेजमा उचारार्थ लगिएको समाचारमा जानकारी दिइएको छ । बिहार राज्यको सरन जिल्लामा अवस्थित एक विद्यालयमा स्थानीय समयअनुसार मङ्गलबार अपरान्ह खाना वितरणपछि सो घटना भएको जनाइएको छ ।

विद्यालयमा प्रमुख खाद्यको रुपमा बालबालिकालाई खिचडी दिइएको बताइएको छ । सो खिचडी खाएपछि नै बालबालिका बिरामी परेका समाचारमा उल्लेख छ ।

भारतका कयौं राज्यद्धारा सञ्चालित विद्यालयमा निशुल्क खाना वितरण गर्ने गरिन्छ । ती विद्यालयहरुमा वितरण गरिने खानेकुरामा घोटाला हुने गरेको समाचार यसअघि पनि आउने गरेको थियो ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार यस घटनमा ज्यान गुमाउने विद्यार्थिहरु ९ वर्षदेखि १२ वर्षसम्मका रहेका छन् ।

यसअघि पनि बिहारका विद्यालयहरुमा दिउँसो खानाको समयमा खुवाइने खाने कुरामा माउसुली, मुसा र विभिन्न कीराहरुसहित अखाद्य वस्तु भेटिने गरेका समाचारमाहरु आउने गरेका थिए । एजेन्सी

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |