• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कास्मिरमा सुरक्षाकर्मीले गोली चलायो, ६ को मृत्यु सयौँ घाइते
कास्मिरमा सुरक्षाकर्मीले गोली चलायो, ६ को मृत्यु सयौँ घाइते


साउन ३ । भारतको जम्बु कास्मिरमा भएको एक विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाएको छ । सुरक्षाकर्मी गोली लागि त्यहाँ ६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जम्बु कास्मिरको राजधानी श्रीनगरबाट दक्षिणतर्फ १ सय ३६ किलोमिटर रामबन जिल्लाको मस्जिदमा हजारौँ मानिसहरु जम्मा भएर प्रदर्शन गरिरहेको स्थानमा सुरक्षाकर्मीले गोली चलाउँदा चारको मुत्यू भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय सुरक्षाबलद्धारा स्थानीय इमामको पिटाई र उसको हत्या तथा कुरानको अपममान गरेको हुनाले विरोध प्रदर्शन गरिएको स्थानीयहरु बताउँछन् । स्थानीय इमामको हिजो सेनाले चलाएको गोली लागि मृत्यु भएको थियो ।

फोटो: बिबिसी
 प्रहरीले मस्जिदको भित्र पसेर धार्मिक पुस्तकको अपमान गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

सो घटनामा गोली लागि २ दर्जन भन्दा बढी संख्यामा घाइते भएको बिबिसीले जनाएको छ । कतिपय घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, भारतीय केन्द्रिय गृहमन्त्री सुनिल कुमार सिम्देले यो दुर्भाग्यपूर्ण घटना भएको प्रतिक्रिया दिएका छन् ।

घटनामा परी मृत्यु भएका परिवारप्रति उनले समवेदना तथा दुःख प्रकट गर्दै त्यहाँ शान्ति कायम गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |