• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण
तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण

साउन १ । निक्कै लामो समयदेखि चर्चा र विवादमा रहँदै आएको मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउने विषय आज भोलि पनि उत्तिनै चर्चा हुने गर्दछ ।

हरेक वर्ष सरकारले यसलाई बजेट छुट्याउने गर्दछ । तर पानी भने अहिलेसम्म आएको छैन । तर अब भने आगामी तीन वर्षभित्र अर्थात् २०७३ वैशाखमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ।


राजधानी दैनिकमा आज छापिएको खबरमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण पाटो मुहान र सुरुङ निर्माण कार्यका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी ९सीएमसी० सँग सोमबार गरिएको ठेक्का सम्झौतामा २०७२ सालभित्र आयोजना सम्पन्न गरी २०७३ वैशाखमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य किटान गरिएको उल्लेख गरिएको छ ।

यसअघि सन् २०१३ सेप्टेम्बरभित्र काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन २७ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सन् २००९ को फेब्रुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। तर, १० महिनाअघि अर्थात् सन् २५ सेप्टेम्बर २०१२ मा मेलम्ची आयोजनाले चाइना रेलवेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो।

समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ऊसँग ठेक्का सम्झौता रद्द गरेको थियो।

त्यसपछि बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो । सबैभन्दा कम आर्थिक प्रस्ताव सीएमसीले हालेपछि ऊसैसँग ठेक्का सम्झौता गरिएको मेलम्ची आयोजनाले जनाएको छ । मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना छ ।

मुहान र सुरुङ ३६ महिनामै सम्पन्न हुने समयावधि तोकिएको छ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |