• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » विद्यालय बन्द गराउँदै हिँडेका शिक्षक पक्राउ
विद्यालय बन्द गराउँदै हिँडेका शिक्षक पक्राउ

साउन २ । विद्यालय बन्द गराउँदै हिँडेका यहाँका निजी विद्यालय शिक्षक एसोसिएसनका अध्यक्षसहितका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


शिक्षा कार्यालयले स्तर वृद्धिका लागि आफूहरुले राखेको मागको विषयमा सुनुवाइ नगरेको भन्दै विद्यालय बन्द गर्दै हिँडेका उनीहरुलाई वीरगन्जको ज्ञानबाटिकास्थित विद्यालयबाट आज बिहान नियन्त्रणमा लिएको हो ।

एसोसिएसनका अध्यक्ष सलाउघिन अहमद, शिक्षकहरु अरबिन्द सिंह, जीयालाल साहलगायतलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

यसैबीच, विद्यालय कुनै पनि हालतमा बन्द नगर्ने प्याब्सन र एनब्याप्सनले निर्णय गरेको एनप्याब्सनका जिल्ला अध्यक्ष नन्दन यादवले जानकारी दिए । शिक्षकहरु नै विद्यालय बन्द गराउँदै हिँड्नु आपत्तिजनक कुरा भएको शिक्षा अधिकारी हरि बस्नेतले बताए ।

उनले नियमविपरीत कक्षा सञ्चालन गर्ने विद्यालयको विषयमा अनुगमन भइरहेको र शिक्षा कार्यालयबाट स्वीकृत नलिइ कक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई कारबाही गरिने जानकारी दिए । रासस

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |