एनआरएनए जर्मनीसँग सम्बन्धित घटनाको यथार्थता
भदौ । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) जर्मनीको नयाँ कार्य समितीको उम्मेदवारहरुबिच सहमति गराउनको लागि जर्मनीकै क्याजर्सलौटर्नमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
एनआरएनए जर्मनीका वर्तमान अद्यक्ष जिवा लामिछने, संरक्षक राम प्रताप थापा, युरोप कोर्डिनेटर कुमार पन्त, जर्मनीका पुर्व अद्यक्ष दिल गुरुङ, आइसीसी सदस्य सन्तोष भाट्टराइ जर्मनीकै अध्यक्ष पुष्प थापाको उपस्थिती रहेको उक्त कार्यक्रममा केन्द्रिय अध्यक्षका उम्मेदवार वर्तमान शेष घलेलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

सो अवसरमा सहमति नभएपछि कार्यक्रमका संयोजक राम प्रताप थापाले कार्यक्रम समाप्त भएको घोषणा गरिरहँदा भने कार्यक्रम हल बाहिर अपशब्दसहित नाराबाजी समेत भएको थियो ।
उक्त घटनामा संलग्नहरुलाई शान्त भएर अपसमा मेल मिलाप गर्दै आफ्नो कमजोरीलाई स्विकार्न आयोजकले आग्रह गरेको छ ।
प्रकाशित मिति:
August 28, 2013