बाबुरामका ‘सचिव’को कुकृत्यले एमालेमा भूइँचालो
भदौ २ । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला आफूलाई स्वकीय सचिव बताउने वाइसिएल नेता बासुदेव नेपाललाई एमाओवादीमा रहँदासम्म धेरैले चिन्दैनथे । तर, जब उनी एमाले नेता केपी ओलीको हातबाट टिका लगाएर महेस बस्नेतको सहयोगी बने त्यसपछि एकाएक उनको चर्चा सुरु भएको छ । उनको चर्चा राम्रा काम गरेर होइन, विगतमा गरेका उनका क्रियाकलापका कारण । बाबुराम भट्टराईको शक्ति प्रयोग गरेर गर्नुसम्म गरेका नेपालका कालाकर्तुत शक्तिकै कारण एमाओवादीमा रहँदासम्म खुलेका थिएनन् । तर, जब एमालेमा प्रवेश गरे त्यसपछि उनका कुकृत्यको भण्डाफोर हुन थालेको छ ।
बासुदेव केही समय अघि मात्र नेता केपी ओली र महेश बस्नेतको हातबाट टिका थापेर एमालेमा भित्रिएका हुन् । सुरुमा एमाले भित्रदा उनको तामझाम निकै ठूलो थियो । एमालेहरुले पनि के के न आयो जस्तो गरेर उनको चर्चा गरेका थिए । त्यही रनकमा नेपालले प्रचण्ड र बाबुरामलाई ‘नवसामान्वादी’को आरोप पनि लाउन भ्याए । तर, केही दिन नबित्दै अहिले एमालेहरु नै नेपाललाई आफ्नो पार्टीमा भित्र्याएकोमा नाक खुम्च्याउन थालेका छन् ।
नेपालले बाबुरामसँगै पार्टीमा रहेका बेला ‘सरकारी जागिर लगाईदिन्छु’ भन्दै सञ्चारकर्मीसहित धेरैलाई ठगेका थिए । त्यसरी सबैसँग पैसा उठाए पनि जागिर नलगाएपछि पीडितहरु उनका बारेमा धेरै तिर धाउन थाले । तर, उनको शक्तिमा आडमा पीडितहरुको केही लागेन ।
सोही क्रममा नेपालले बाबुरामको ‘स्वकीय सचिव’ को पावर देखाएर उनले एकजना सञ्चारकर्मी मानप्रसाद अधिकारी ‘मनिष’को समेत ठूलो रकम झ्वाम पार्न भ्याएका रहेछन् । हिमालयन टेलिभिजनमा काम गर्ने मनिषलाई विभिन्न प्रलोभन र आफ्नो ‘पावर’ देखाएर ४५ हजार रुपैयाँ हत्याउन सफल भएको पीडितले बताएका छन् । उनले सो रकम अनुसन्धानको असई बनाईदिन्छु भनेर लगेको पीडितको भनाई छ । मनिषले हेलोखबरडटकमसँग कुरा गर्दै भने, “मिडियाको जागिरले ज्यान पाल्न मुस्किल भएका बेला प्रधानमन्त्रीकै स्वकीय सचिवले राम्रो सरकारी जागिर लगाइदिन्छु भनेपछि पैसा दिइयो । उनले मलाई अनुसन्धानको असई बनाईदिन्छु भनेका हुन् । त्यसपछि सहकारीबाट पैसा झिकेर ४५ हजार बुझाएको हुँ । सुरुमा निकै ठूला कुरा गर्ने उनी त पैसा हातमा परेका दिनदेखि नै तर्कन थाले ।”
तर, मनिष मिडियामै काम गर्ने भएकाले उक्त रकम सुटुक्क भने दिएका रहेनछन् । सो रकम २०६९ साल माघ १८ गते घरासयी कामका लागि भनेर सम्झौता पत्रमा हस्ताक्षर गराएर नेपाललाई दिएका रहेछन् । कागज गरेको भए पनि नेपाल पैसा हात पारेर तर्कन थालेपछि मनिष पैसा फिर्ता माग्न थालेको बताउँछन् । मनिष भन्छन्, “अहिले उसले त फोन समेत उठाउन छाडेको छ ।”
आकर्षक जागिर पाउने लोभमा सहकारीबाट झिकेको पैसाको ब्याज पनि तिर्न नसकेपछि अहिले मनिष निकै सकसमा परेका छन् । उनलाई सहकारीले पनि निकै ताकेता गर्न थालेको छ ।
बासुदेवले मनिषलाई मात्र ठगेका होइनन, यस्ता थुप्रै पीडितहरु अहिले चारैतिर धाउन थालेका छन् । बासुदेवले केही समय अगाडि मात्र झापामा आफूसँगै पढ्ने साथीलाई समेत ठग्न भ्याएको खुलासा भएको छ । उनले आफ्नै साथी नरेन्द्र पनेरुलाई ठगेका हुन् । पीडितका अनुसार बासुदेवले पनेरुलाई साक्षी राखेर अहिले हैरान परेसान पारेका छन् । उनले पनेरुलाई साक्षी राखेर झापामा डेढ करोडको जग्गा किनेका थिए । जग्गा धनीको विश्वासिला पात्र पनेरु भएकाले उनलाई नै प्रयोग गर्दै उक्त जग्गा आफ्नो नाममा सार्न सफल भएका बासुदेवको कुटिल चाल केही समयमै खुल्यो । चेक हातमा लिएर आफ्नो जग्गा नेपालको नाममा नामसारी गरेका जग्गा धनी जब बैंकमा पुगे त्यसपछि छाँगाबाट खसेजस्तै भए । नेपालको खातामा पैसा नै नभएको भन्दै बैकले जग्गाधनीलाई फिर्ता पठाएपछि उनी सोझै गएर पनेरुलाई समात्न पुगे । पनेरुलाई समातेर ¥याख¥याख्ती पारेपछि पनेरुको रुवाबासी नै चलेको बताइन्छ । तर पछि प्रशासनको सहयोगमा उक्त जग्गा फिर्ता भएको छ ।
बासुदेवबाट पीडित केही व्यक्तिहरु अहिले क्रमशः प्रहरी कार्यालयमा पनि पुग्न थालेका छन् । स्रोतका अनुसार यस्ता पीडितहरुको संख्या निकै ठूलो छ ।
![]() |
बासुदेव नेपाल |

बाबुराम प्रधानमन्त्री रहदा उनका स्वकिय सचिव भनिने नेपालले हिमालय टिभीका पत्रकार मनिषसँग गरेको सम्झौता पत्र । |

प्रकाशित मिति:
August 19, 2013