अख्तियारको एउटा पत्रले कांग्रेस–एमालेका हाईप्रोफाइल घरानामा खैलाबैला
भदौ ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा पत्रले देशका हाईप्रोफाइल घरानामा ठूलो खैलाबैला मच्चाइदिएको छ ।
यतिसम्म त ठिकै थियो । त्यो पत्रले कांग्रेस–एमालेका नेताहरुमा समेत ठूलै भुकम्प ल्यार्ईदिएको छ ।
पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन अनुसार मात्र भोज भतेर गर्न अपिल गरेको थियो ।
अख्तियारको उक्त पत्रबाट पछिल्लो पटक पीडित भएका छन्, एमाले नेता तथा पूर्व सभासद् अग्नि खरेल । अख्तियारकै पत्रका कारण उनले आफ्ना छोराको बिहे भोज रद्द गराएको पारिवारिक स्रोतबाट थाहा हुन आएको छ । उनले आर्मी क्लबमा शनिवार साँझ एउटा भोजको आयोजना गरेका थिए । तर, अख्तियारको फन्दामा पर्ने डरले अन्तरिम संविधानका मस्यौदाकार समेत रहेका खरेलले भोज रद्द गराउन पुगेका हुन् ।
खरेलले झन्डै एक हजार जनालाई निम्ता समेत बाँडेका थिए । सामाजिक व्यवहार सुधार ऐन न्वरान, पास्नी, जन्मदिवस लगायतको भोजमा २५ जनाभन्दा बढीलाई निम्ता गर्न प्रतिबन्ध लगाएको छ । नियम मिचे १० हजारसम्म जरिवाना र सात दिनसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।
उक्त ऐनमा विवाह गर्दा तिलक लिन नपाइने, १० हजारसम्म मात्र दाइजो लिन पाइने, जन्तीमा बाजा बजाउने सहित ५१ जनामात्र हुनुपर्ने छ । यसरी कानुन व्यूतिएपछि बढी मात्रामा एमाले र कांग्रेसका हाईप्रोफाइल घरानामा ठूलै हल्लीखल्ली मच्चिएको छ ।

प्रकाशित मिति:
August 19, 2013